अब हामीलाई चुक्ने छुट छैनः प्रवक्ता रेग्मी

पाेखरा | पुस १, २०७९

अब हामीलाई चुक्ने छुट छैनः प्रवक्ता रेग्मी

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका प्रवक्ता बोधराज रेग्मीले अबको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुक्ने छुट नभएको बताएका छन् ।


पोखरामा संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । 


उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएपनि वा प्रतिपक्षमा बसेपनि संसद पुगेका २० जना माननीयहरुले जनमतको कदर गर्दै देश र जनताका पक्षमा काम गर्नुहुनेछ । हामी देश र जनताकै निम्ति राजनीतिमा होमिएका हौँ ।हामीलाई चुक्ने छुट छैन ।’


गण्डकी प्रदेशबाट प्रत्यक्षमा सिट प्राप्त नगरेपनि समानुपातिक बाट २ सिट पाएको र उहाँहरू गण्डकी प्रदेश केन्द्रीत रहने उनको भनाइ थियो ।


आगामी दिनमा गण्डकी प्रदेश समितिले छिटै नै गण्डकी प्रदेशका ११ वटै जिल्लामा वडा तहसम्म तहगत समिति निर्माण गर्ने , जनताका गुनासा हरेक पार्टी कार्यालयमा टिपाउन सकिने, सरकारी कार्यालयहरुमा नियमित रुपमा अनुगमन हुने,  जनताका स–साना मुद्दालाई समेत समाधान गर्ने लगायतका कामहरू गरिने  प्रवक्ता रेग्मीले जानकारी दिए ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्